RUMPUM
animated ellipse animated ellipse

जीवन विकास गोल्डकपको उपाधि पशुपतिलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७९, आईतवार १०:३०
189
Shares
विराटनगर / जीवन विकास गोल्डकप रनिङ शिल्डको उपाधि पशुपति रिपोर्टिङ क्लब दादरबैरियाले जितेको छ ।

मोरङको जहदा गाउँपालिका – ३ मा सम्पन्न भएको फाइनलमा रानी फुटबल क्लब विराटनगरलाई १–० गोलले हराउँदै पशुपति रिपोर्टिङ क्लबले उपाधि जितेको हो ।

जितसँगै पशुपतिले नगद ७५ हजार रुपैयाँको साथै ट्रफी हात पारेको छ । उपविजेता बनेको रानी क्लबले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

निकै रोमाञ्चित फाइनलमा खेल सुरु भएको तीन मिनेटमा पशुपतिका हरिनारायण खवासले गरेको गोल टिमको जित सुनिश्चितको लागि निर्णायक बनेको थियो । उनले वान भर्सेस वानको प्रहार गोलमा परिणत गरेका थिए ।

फाइनल खेलको म्याद अफ द फाइनल निर्णायक गोल गर्ने पशुपतिका हरिनारायण खवास घोषित भए । उत्कृष्ट गोल किपर रानी युवा क्लबका प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्डर पशुपतिका विकास खवास, उत्कृष्ट मीड फिल्डर पशुपतिका सृजनशील खवास, उत्कृष्ट फरवार्ड पशुपतिका राजु सरदार, उत्कृष्ट पिलिएर कैलाश बस्नेत घोषित भए । उत्कृष्ट प्रशिक्षकमा पशुपतिका जितेन्द्रकुमार साह भए ।
लक्ष्मी युवा स्पोर्टीङ क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म भएको गोल्ड कपमा ८ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता तथा उपबिजेताहरूलाई कार्यक्रमको प्रमुख अतिथि जीवन विकासका अध्यक्ष योगेन्द्र मण्डल, लक्ष्मी युवा स्पोर्टीङ क्लबका अध्यक्ष श्रवणकुमार राजवंशीलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर