पूर्वाञ्चल खबर

प्रदेश समितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव, कोषाध्यक्षमा सर्जु थापा देवान निर्वाचित भए। सदस्यहरुमा सत्यनारायण राजभण्डारी, विपिन तुलाधर, रामबहादुर श्रेष्ठ, सुमित साह र गौरी मास्के चयन भएका छन् ।
प्रथम साधारणसभामा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल, नेपाल टेबुल टेनिस संघका केन्द्रिय अध्यक्ष विजेन्द्र हमाल, उपाध्यक्ष अनुज बाँनिया, उपाध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारी, प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रविणकुमार कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। साधारणसभाका अवसरमा टेबुल टेनिसका पूर्व राष्ट्रिय खेलाडी राजेश लोहनीलाई सम्मान गरिएको थियो ।
यसैवीच नवनिर्वाचित प्रदेश समितिको पहिलो बैठकले प्रदेश उपाध्यक्षमा सन्तोष अग्रवाल र सल्लाहकारमा डा.मनोज लाखे र ध्रुव क्षेत्रीलाई मनोनित गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला टेबुल टेनिस संघको विस्तार, कोशी प्रदेश खेलकुद विकास बोर्डमा दर्ता हुने निर्णय गरेको छ ।