RUMPUM
animated ellipse animated ellipse

गुण्डा नाइके रिगललाई सर्वोच अदालतले आममाफी दिने राष्ट्रपतिको निर्णय बदर, अदालतको आदेशपछि नेपालगञ्जबाट पक्राउ परे रिगल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०८०, बिहीबार १९:०४
117
Shares
काठमाण्डौ / राष्ट्रिपति रामचन्द्र पौडेलले आम माफि दिएका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई सर्वोच अदालतले आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ ।

रिगलले नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद सजाय पाएका थिए । रिगलले मानन्धरलाई खुकुरी प्रहार गरी २०७२ साल २९ असार गते २९ वर्षीय मानन्धरको हत्या गरेका थिए । त्यसपछि कर्तव्य ज्यान मुद्दामा रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

सर्वाेच्चका वरिष्ठत न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको कैद मिनाहलाई कानुन विपरित भएको ठहर गर्दै बदर गरिदिएको हो । रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णय बदर गरेसँगै अदालतले रिगललाई तत्काल पक्राउ गर्नसमेत आदेश दिएको थियो ।

सर्वाेच्चले रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी गरे पछि प्रहरीले उनलाई नेपालगन्जबाट पक्राउ गरेको हो । रिगललाई आममाफी दिने निर्णयविरुद्धको मुद्दामा हिजो बहस सकिएपनि निर्णय आज सुनाएको हो ।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालगञ्जका मानन्धरका हत्यारा रिगललाई आममाफी दिएका थिए ।

राष्ट्रपतिको सोही निर्णयविरुद्ध मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वाेच्चमा रिट दिएकी थिइन् । रिट निवेदनमा राष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,गृहमन्त्रालय,जिल्ला प्रशासन कार्यालय बाँके,जिल्ला कारागार कार्यालय दाङ,जिल्ला प्रशासन कार्यालय दाङ र महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौंलाई विपक्षी बनाइएको थियो ।

भारतीले श्रीमानलाई न्याय दिनका लागि दसैं लगत्तै फेरि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी थिइन् । सर्वस्वसहित जन्मकैदको आदेश ठहर भएका तरूण दलका नेतासमेत रहेका रिगललाई आममाफी दिएपछि यसको चौतर्फी विरोध सुरू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर