AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मतदाता भेट्दै ढकाल, उत्साही छन् कार्यकर्ता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०८२, बुधबार १८:२१
45
Shares
विराटनगर / आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ– मा नेकपा एमालेबाट उम्मेदवार बनेका विनोद ढकालले क्षेत्रका मतदाता भेट्ने र सुझाव लिने अभियानलाई तिब्रता दिएका छन् ।

निर्वाचन आचारसंहिताले प्रचार प्रसारको काम फागुन ४ बाट मात्र गर्ने तय भएकाले अहिले मतदातासँग सुझाव लिईरहेका हुन् । ढकालले आज विराटनगर–१२ का मतदातालाई भेट्न जाँदै गर्दा कार्यकर्ता भने निकै उत्साही देखिएका थिए । एमालेमा देखिएको एकता र जनताले चाहेको परिवर्तनको वाहकको रुपमा ढकाललाई जनताले बुझेको उनीहरुको भनाई छ ।

विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी नविनले भने,‘ मोरङ– ६ का जनताको रोजाईमा विनोद ढकाल नै पेर्ने बताए। त्यसो त एमाले मोरङका उपाध्यक्ष सागर थापाले मोरङ– ६ मा मात्र नभई जिल्लामा नै विगतको भन्दा राम्रो परिणाम आउने दावी गरे। एमालेका प्रभावशाली नेताका रुपमा चिनिने ढकाललाई मतदाताले समेत अवसरको सहि सदुपयोग गर्नुहोला भन्ने सुझाव दिने गरेको ढकालसँगै चुनावी अभियानमा हिडेका नविन पहाडीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर