animated ellipse animated ellipse

शनिबार ‘अभया एण्ड दि स्टिम इन्जिन’ को धमाकेदार प्रस्तुति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०७९, शुक्रबार २०:३४
144
Shares
विराटनगर /रक म्यूजिकमा २० बर्ष समय खर्चिएकी अभया सुब्बा र उनको ब्याण्ड ‘दि स्टिम इन्जिन’ ले शनिबार सीएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिने भएको छ ।
एक्स्पोको सन्ध्याकालिन सांगीतिक यात्रालाई ऐतिहाँसिक बनाउने उदेश्यका साथ नेपाल उद्योग परिसंघ प्रदेश १ ले उत्कृष्ट गीत संगीतको माहौल बनाइरहेको छ । अभयाले पनि विराटनगरमा शनिबार त्यहि माहौल बनाउँदैछिन् ।

उनले यसअघि नै भिडियो सन्देशबाट शनिबारको साँझ विराटनगरलाई ‘रकिङ’ बनाउने भनिसकेकी छन् । उनले गाएका तिम्रो लागि, लैजाउ मलाई र आज किन जस्ता गीत रक तथा पप म्यूजिक रुचाउने स्रोत तथा दर्शकका लागि अत्यन्तै लोकप्रिय रहेका छन् । अभयाको स्वर र सुरले वेष्टर्न रकको राम्रो स्वाद दिंदै आएको छ । त्यसमाथि उनले लिम्बु जातीको ख्यालीलाई मिसाउँदै गीत गाउँदा उनका समर्थकहरु मन्त्रमुग्ध हुने गरेका छन् । उनका धेरै गीतले युट्युबमा पनि सयौं मिलियन भ्यूज पाएका छन् ।

विराटनगर–२ शंकरपुर मार्गमा जारी रहेको सीएनआई एक्स्पोमा हरेक साँझ उत्कृष्ट गायक र ब्याण्डहरुले प्रस्तुति दिनेछन् । शनिबार नै स्थानीय ब्याण्डका रुपमा ‘डिल्ली फम्बो एण्ड दि ब्याण्ड’ ले पनि धेरै गीतहरु स्टेजमा प्रस्तुत गर्दैछ । गीत संगीत बाहेक डान्स ग्रुपहरुको प्रस्तुति पनि नियमित नै रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर