चिकित्सकको लापरवाहीले विरामी मृत्यु , सिटी हस्पिटलमा तनावग्रस्त

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७९, सोमबार २०:२१
99
Shares

विराटनगर / चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै विराटनगरस्थित विराटनगर सिटी अस्पताल आज तनावग्रस्त बनेको छ ।

मोरङको जहदा गाँउपालिका – ४ की ३९ वर्षीया सन्जु मेहेताको शल्यक्रियाको क्रममा मृत्यु भएपछि अस्पताल आज दिनभरी तनावग्रस्त बनेको हो ।

मृगौलामा पथरी रहेकाले शल्यक्रियाको लागि उनी आइतबार अस्पताल आएकी थिइन् । शल्यक्रियाको क्रममा उनको हिजो मृत्यु भएको थियो ।

मृतकका आफ्न्तले शल्यक्रिया गर्दा चिकित्सकले गम्भिर लापरबाही गरेको भन्दै विरामीका आफन्तहरुले हस्पिटल र चिकित्सकलाई कारवाहीको माग राख्दै नाराबाजी गरे । ‘मृतक मेहेता बिहान १० बजे सिटी अस्पतालमा चेकजाँचका लागि आउनु भएको थियो। मृगौलामा पथरी रहेकाले त्यसैको उपचारका लागि सिटी अस्पताल आउनु भएको थियो। चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिनुभयो । त्यही अनुसार गर्न हामीले सझुाब दियौ,’ मृतकका नातेदार देवर पर्ने विभाष सिंहले भने, ‘चिकित्सकको लापरवाहीले भाउजुको मृत्यु भएको छ ।’ लापरवाही गर्ने चिकित्सकलाई कारावहीको दायारमा ल्याउनुपर्ने उनले बताए ।

‘डाक्टरले अप्रेशन गर्नु भन्नुभएको रहेछ, बिरामीसँग पैसा थिएन, डाक्टरले केही दिन पछाडी पैसा दिँदा हुन्छ । भनेर अप्रेशन गर्न स्विकार गर्नुभएको रहेछ,’ उनले भने ।

केही समयपछि शल्यक्रिया गरेको पैसा दिँदा हुने अस्पतालका सर्जन डा। सुनिल यादवको भनाई अनुसार मृतक मेहेताले अप्रेशन गर्न स्विकार गरेको बताउदै उनलका आफ्न्तले राती ८ बजे शल्यक्रिय विभागमा लगिएको र दुई घण्टापछि मात्रै मृतक मेहेताको मुटुको धड्कन नभएको चिकित्सकले जानकारी दिएको बताए ।

‘बेहोस हुने सुई लगाउने बित्तिकै भाउजुको मृत्यु भइसकेको थियो होला मेरो अनुमान उहाँको दश मिनेटको अन्तरालमा मृत्यु भइसेको थियो होला तर, १२ बजे राती बिरामीको कुरुवालाई बचाउने कोशीस गर्दै छौँ भनेर डाक्टरले भन्यो,’ उनले भने । तर, चिकित्सकले आश्वसन दिएको आधा घण्टापछि शजलाई बाहिर ल्याएर एम्बुलेन्समा राखिदिएको उनले बताए ।

बिरामीको मान्छेले शव बुझ्न नमाने पछि डा। सुनिल यादव भने घटनास्थलबाट बाहिरिएको उनीहरुको आरोप छ । शव रातैभर एम्बुलेन्समा राखेर अस्पतालको प्रवेशद्धार रात कटाएको बताउने उनीहरुको आफन्त अझैसम्म शल्यक्रियाको नेतृत्व गर्ने डा। यादव नआएको बिरामीको आफ्न्तले बताए ।

यता, अस्पताल प्रशासनलाई घटना बारे बुझ्न खोज्दा अस्पताल प्रशासन सम्पर्कमा आएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५