खबर पूर्वाञ्चल
आज मेयर कोइरालाले विराटनगर–८ स्थित महेन्द्र मावि र विराटनगर–९ स्थित सरस्वती माविको अनुगमन गरे । शैक्षिक महाशाखाका संयोजक कृष्ण भट्टराईसहितको टिमलाई लिएर विद्यालय पुगेका मेयर कोइरालाले विद्यार्थीहरुसँग अन्तरक्रियासमेत गरे । उनले विद्यालयको भौतिक संरचनाको अवस्था, शैक्षिक गुणस्तर, विद्यार्थीको नियमितता, शिक्षकहरुको लगनशीलता, गृहकार्यको अवस्थालगायतका विषयमा जानकारी लिए । विद्यालयस्तरदेखि नै शैक्षिक गुणस्तर सुधार गर्न सकिएमात्रै गुणस्तरीय जनशक्ति उत्पादन हुने उनले बताए ।
मेयर कोइरालाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए । अनुगमनसँगै मेयर कोइरालाले विद्यार्थीहरुसित अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले आफू विद्यालय पढ्दाका अनुभवसमेत सुनाए । अन्तरक्रियापछि मेयर कोइरालाले शिक्षकहरुसित विद्यार्थीहरुले उठाएका विषयमा छलफल गरे ।
विराटनगरका सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने महानगरले नीति लिएको छ । मेयर कोइरालाले विद्यालयको अनुगमनलाई निरन्तरता दिइने जानकारी दिए ।
तपाईको प्रतिक्रिया