विराटनगरमा १० सहित प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखियो

खबर पूर्वाञ्चल, ११ चैत्र २०७७, बुधबार १८:२७

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा १० सहित आज प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगरबाहेक सुनसरीको इनरुवामा २ र धरानमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज देखिएको सवै पुरुष रहेका छन् ।

प्रदेश १ मा आजै ३ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७ पुरुष र ६ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ३ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २९ हजार ७ सय ९७ जना डिस्चार्ज भएका छन् । ४४ जना आईसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४ सय ६६ जनाको मृत्यु भएकोे छ ।

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८ सय ५३ लाई लगाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५