AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर क्रिकेट लिगमा डाइनामिकको विजयी शुरुवात

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ माघ २०८२, शनिबार १७:१३
117
Shares
पुष्पराज थपलिया
विराटनगर/डाइनामिक क्रिकेट एकेडेमीले विराटनगर क्रिकेट लिगमा विजयी शुरुवात गरेको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गर्दै डाइनामिकले विजयी शुरुवात गरेको हो ।

जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामिकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । डाइनामिकका लागि रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए ।

यस टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीकालागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । डाइनामिकका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए । खेलमा प्लेयर अफ द म्याच डाइनामिकका विवेक झा घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर