RUMPUM
animated ellipse animated ellipse

हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल एक खेल अगाडिनै फाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ कार्तिक २०८०, शनिबार १४:४७
207
Shares
विराटनगर / कुशल मल्ल र दीपेन्द्र सिंहको विश्व कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ ।

लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै काठमाण्डौमा जारी त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।

नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ८ विकेट गुमाई १३४ मात्र जोड्न सक्यो । हङकङका लागि अन्सुमन रथले सर्वाधिक ४५ रन,ऐजाज खानले २५ रन र दबदच ह्यातले २० रनको योगदान ददिए । नेपालका ललितनारायण राजवंशी, करण केसी र सोमपाल कार्मीले समान २–२ विकेट तथा प्रतिस जिसी र दिेपेन्द्र सिंह ऐरीले १–१ विकेट दिए ।

यस अघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो ।

सुरुवाती खेलमा खराब प्रदर्शन गरेको नेपालको पारी दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले ६६ बलमा १५७ रनको ठोस साझेदारीले े हङकङलाई २१४ लक्ष्य दिएको हो । कुशलले ४१ बलमा ९ छक्का र ३ चौका प्रहार गर्दै ९२ रनमा आउट भए भने दिपेन्द्रले३४ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै ५७ रनको अर्ध सतकीृ पारी खेले । त्यस्तै आसिफ शेखले २० रन र कप्तान रोहीतकुमार पौडेल ११ रनमा आउट भए ।

नेपाल एक समयमा ८ ओभर १ बलमा ५५ रनमा ४ विकेट कसमाएको थियो । हङकङका हारुन अर्सद र महमद घजान्फरले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर