AArya
RUMPUM
animated ellipse animated ellipse

बुढीगंगा गाउँपालिको प्रमुखमा माओवादीबाट चार जनाको नाम सिफारिस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ बैशाख २०७९, मंगलवार १६:४३
504
Shares
विराटनगर / स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बुढीगंगा गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस गरेको छ ।

गाउँपालिका पार्टी कमिटिको बैठकले अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य उपेन्द्र राय, सदस्य तथा बुढीगंगा गपाका इन्चार्ज इश्वरी आचार्य, सह–इन्चार्ज नरेन्द्रप्रसाद ढकाल र माओवादी केन्द्र बुढीगंगाका अध्यक्ष डिल्ली आचार्यको नाम पार्टीले सिफारिस गरेको हो ।

उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरि गठाएको छ । उपाध्यक्षमा सुनिताकुमारी चौधरी, सावित्रा अधिकारी र अमृता माझीको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र बुढीगंगाका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिए ।

पार्टीले वडाअध्यक्षसहित सदस्यहरूको पनि नाम सिफारिस गरि जिल्ला पार्टी कार्यालय पठाएको छ । गाउँपालिको दुई वटा वडामा वडाअध्यको लागि पार्टीले सर्वसम्मत निर्णाय गरि नाम सिफारिस गरि जिल्ला पार्टीमा पठाएको छ । बुढीगंगा १ को वडाअध्यक्षमा कपिल सुनार र तिलकबहादुर बस्नेतको नाम सिफारिस गरेको छ । यस्तै २ नं. वडामा सखिचन्द्र ऋषिदव र धमेन्द्र ऋषिदेवको नाम सिफारिस गरेको छ ।

यस्तै वडा नं. ३ मा रोहित दाहाल, राजेश राजवंशी, सुमृत खवासको नाम सिफारिस गरि गठाएको छ । वडा नं. ४ मा मो. हस्मोदिनको नाम सर्वसम्म वडाअध्यक्षमा पार्टीले निर्णाय गरि नाम पठाएको अध्यक्ष आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर