मिस कोशीको ताज जिनिन भोजपुरकी प्रशिकाले

खबर पूर्वाञ्चल, १७ आश्विन २०७८, आईतवार १८:१५

विराटनगर / छैठौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन् ।

सुनसरीको इटहरीमा सम्पन्न भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन् । बिजेता बनेकी प्रशिकाले स्कुटी र विभिन्न गिफट ह्याम्पर पनि प्राप्त गरिन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिताको अर्गनाइजेसन च्वाइस विजेतामा झापा चारआलीकी पेरिसा बुढाथोकी घोषित भइन् । प्रतियोगिताको फस्ट रनरअप विराटनगरकी आयुषा आचार्य, सेकेण्ड रनरअप मोरङ बेलबारीकी प्रतिक्षा कार्की र थर्ड रनरअप विराटनगरकी अनुपा विष्ट घोषित भएको जय मिडिया म्यानिजमेन्ट प्रालिकी सिइओ निशा खतिवडाले जानकारी दिइन् ।

प्रतियोगितामा मिस ट्यालेन्डको एवार्ड आयुषा आचार्य, मिस डिसिपिलेनमा पूर्णीमा देवी घिमिरे, मिस फोटोजेनिक एवार्डको उपाधि आकृति गिरीले जितिन् । यस्तै मिस फ्रेण्डसिप एन्जिला पन्त, मिस क्याटवक रिजा तामाङ, मिस ब्यूर्टी विइद ब्रेन आयूषा आचार्य घोषित भइन् भने मिस पब्लिक च्वाइसको एवार्ड पेरिशा बुढाथोकीले जितिन् । यस्तै मिस मल्टिमिडिया प्रतिक्षा कार्की, मिस पपुलर दीपा साह, मिस स्मायल प्रशिका श्रेष्ठ, मिस कन्फिडेन्ट प्रकृति फुयल, मिस ब्यूटिफुल सन्तोषीमाया श्रेष्ठ घोषित भएकी थिइन् ।

कार्यक्रममको प्रमुख अतिथि अभिनेत्री रेखा थापा रेही थिइन् । प्रतियोगिताको निर्णायकहरूमा विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की, मिडिया क्षेत्रदेखि विकास लामिछाने, कानुन व्यवसायी राजुबावु ढकालल, मोडल आकांक्षा विश्वकर्मा रहेको जय मिडिया म्यानेजमेन्टका चेयरमेन जयराज रायले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५