खबर पूर्वाञ्चल
माओवादी केन्द्र संसदीय दल प्रदेश १ को आज विराटनगरमा बसेको बैठकले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका आङ्बुहाङलाई निलम्बनका लागि २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आङ्बुहाङले माओवादी केन्द्र पार्टी परित्याग गरि प्रधानमन्त्री केपी शर्मा ओली समूहको एमाले प्रवेश गरेपछि उनलाई प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री बनाएको छ । आङ्बुहाङ माओवादी केन्द्रका संसदीय दलका नेता रहेका थिए । ‘दलको बैठकले पार्टी परित्याग गरेका
आङ्बुहाङलाई दलको नेतादेखि हटाएर २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ,’ माओवादी केन्द्रका प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङबोले भने, ‘दल त्याग गरेको हो वा होइन भन्ने विषयमा दलको बैठकले स्पटीकरण सोधिएको छ । उहाँले २४ घण्टा भित्र स्पष्टीकरण दिन हामीले अल्टिमेटल दिएको छ ।’ ‘जवाफ नआए पनि कारबाही गरेर संसदलाई जानकारी गराउछौँ,’ आङ्बोले भने, ‘छुट्टै पार्टीमा प्रवेश गरेका कारण कानुनी प्रक्रिया र्पुयाउनका लागि स्पष्टीकरण सोधिएको हो ।’
तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेका थिए । एमाले प्रवेशलगत्तै उनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको १६ जना सदस्य छन् ।