पत्रकार निष्ठुरी र खतिवडा पुरस्कृत हुने

खबर पूर्वाञ्चल, ८ भाद्र २०७९, बुधबार १६:३१
108
Shares

विराटनगर / नेपाल पत्रकार महासंघ मोरङ शाखाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी र सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालाई पुरस्कृत गर्ने भएको छ ।

महासंघका पूर्व अध्यक्ष निष्ठुरीलाई कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ प्रदान गर्ने निर्णय भएको अध्यक्ष संजीव खनालले बताए । पुरस्कारको राशी २५ हजार रहेको छ । यसअघि सो पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलाई प्रदान गरिएको थियो । त्यसैगरि खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ सञ्चार क्लव उर्लाबारीका संस्थापक अध्यक्ष खतिवडालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ । सो पुरस्कार यसअघि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद कमल पौडेललाई प्रदान गरिएको थियो ।

दुवै पुरस्कार मोतिराम जयन्तीका अवसरमा भदौ ११ गते प्रदेश नम्वर १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा समर्पण गर्ने निर्णय गरिएको महासंघद्धारा आज सचिव नेत्र पी अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५