AArya
RUMPUM
animated ellipse animated ellipse

कोभिड अस्पताललाई युवा संघद्धारा वुथ हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ बैशाख २०७७, आईतवार १८:५२
3
Shares
विराटनगर / कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेकपा निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ ।

कोराना भाईरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ नमूना संकलन वुथ हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।

कोभिड अस्पतालमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई वुथ हस्तान्तरण गरिएको थियो । मन्त्रीद्धयले संयुक्त रुपमा बुथ ग्रहण गरि कोशी अस्पताल विराटनगरकी मेसु संगीता मिश्रालाई हस्तान्तरण गरे । युवा संघ मोरङले इन्जिनियरको प्राविधिक सहयोगमा करिव ८५ हजार लागतमा बुथ निर्माण गरेको अध्यक्ष नविन पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय युवा संघले अहिलेसम्म तीन वटा वुथ निर्माण गरेको छ ।

यसअघि सुन्दरहरैचा नगरपालिका र बेलबारी नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर