AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालमा ६ महिनादेखि ठप्प रहेको इन्डोस्कोपी सेवा आजदेखि पुनः सुचारु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ असार २०८३, बुधबार २०:२१
3
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा विगत ६ महिनादेखि ठप्प रहेको इन्डोस्कोपी सेवा आजदेखि पुनः सुचारु भएको छ ।

उपकरण बिग्रिएका कारण लामो समयदेखि बन्द रहेको यो सेवा नयाँ मेसिन जडान गरेसँगै सञ्चालनमा आएको हो ।

अस्पतालमा नयाँ इन्डोस्कोपी मेसिन चार दिनअघि नै आइपुगेको थियो । तर, दक्ष कर्मचारी व्यवस्थापनमा अस्पताल प्रशासन अल्झिँदा मेसिन आएको चार दिनसम्म पनि बिरामीले सेवा पाउन सकेका थिएनन् । आजदेखि अस्पतालमा भर्ना भएका बिरामीहरूको इन्डोस्कोपी गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि सेवा सुचारु
इन्डोस्कोपी विभागमा कर्मचारी व्यवस्थापनको समस्या हुँदा उपकरण आइसकेपछि पनि सेवा सुरु हुन ढिलाइ भएको थियो । यसअघि यस विभागमा कार्यरत आमोद कुमार सिंहलाई अस्पतालले आकस्मिक (इमर्जेन्सी) कक्षमा सरुवा गरेको थियो । इन्डोस्कोपीका दक्ष जनशक्ति सिंह आकस्मिक कक्षमा हुँदा नयाँ उपकरण चलाउने कर्मचारीको अभाव देखिएको थियो ।

अस्पताल प्रशासनले आज सिंहलाई पुनः इन्डोस्कोपी विभागकै जिम्मेवारी दिएपछि सेवाले गति लिएको हो । कर्मचारी अभावका कारण उपकरण थन्किएको विषयमा चर्चा भएपछि प्रशासनले सिंहलाई पुरानै जिम्मेवारीमा फर्काएको हो ।

सरकारी अस्पतालमा ६ महिनादेखि इन्डोस्कोपी सेवा बन्द हुँदा सर्वसाधारण बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिक जान बाध्य थिए । कोशीमा न्यून शुल्कमै हुने यो सेवा सुरु भएपछि विशेषगरी न्यून आय भएका बिरामीहरूलाई ठूलो राहत पुग्नेछ । हाललाई अस्पतालमा भर्ना भएका बिरामीहरूको परीक्षण सुरु गरिएको र अब ओपिडीका बिरामीहरूका लागि पनि सेवा सहज बनाइने अस्पताल जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर