खबर पूर्वाञ्चल
५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको आरोपमा उनका १७ वर्षीय छोरा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार गएराति करिब १२ बजे ती किशोरले ह्याम्मर प्रहार गर्दा दलबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।
ह्याम्मर प्रहार गर्ने किशोर दलबहादुरका साइँला छोरा हुन्। घटनाबारे अनुसन्धान भइरेहको प्रहरी निरिक्षक अधिकारीले बताए ।