AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा विज्ञान प्रदर्शनी तथा आँखा शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ श्रावण २०८२, शुक्रबार १६:५६
612
Shares
विराटनगर / विराटनगर ८ मा अवस्थित ग्रेड स्कुलमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको साथै विज्ञान प्रदर्शनी हस्तकला तथा एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ।

विद्यालय परिसरमा आयोजित शिविरमा रानी आँखा अस्पतालका स्वास्थ्यकर्मीहरूद्वारा विद्यार्थी अभिभावक शिक्षक शिक्षिका तथा स्थानीय बासिन्दाहरूको आँखा परीक्षणका साथै जटिल सल्यक्रियामा ५० प्रतिशत छुटका साथ परीक्षण सम्पन्न भएको छ।

त्रैमासिक परीक्षाको नतिजाका साथै विद्यार्थीहरूद्वारा रोबोटिक्स कोडिङ ,विज्ञान प्रदर्शनी ,स्वास्थ्य तथा विभिन्न विज्ञानका प्रोजेक्टहरूको प्रदर्शनी पनि गरिएको थियो। विद्यालयले प्रत्येक बुधबारका दिन विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा रुचि अनुसार प्रोजेक्ट ,खेलकुद ,हस्तकला कोडिङ जस्ता विभिन्न कक्षाहरू सञ्चालन गर्दै आएको विद्यालयका विज्ञान शिक्षक राजु राजवंशीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर