animated ellipse animated ellipse

कपिलबस्तुमा थप २ जनामा कोरोनाको संक्रमणको पुष्टि, संक्रमितको संख्या १ सय १ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ बैशाख २०७७, बिहीबार २१:१४
3
Shares
कपिलवस्तु / नेपालमा पछिल्लो पटक कपिलबस्तुमा थप आज २ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्याले पनि सतक पार गरेको छ । कपिलवस्तुमा दुई संक्रमित भेटिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । यसअघि बाँकेको नेपालगञ्जमा २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित भेटिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर