animated ellipse animated ellipse

एसईई उत्तिर्ण विद्यार्थीलाई उज्वल भविष्यको कामनासहित विराटनगरको एभरेष्टको सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ असार २०८१, शनिबार १८:३८
27
Shares
विराटनगर / एसईई परिक्षा–२०८० मा उत्तिर्ण आफ्ना विद्यार्थीलाई विराटनगर–५ स्थित एभरेष्ट स्कुलले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

आज कञ्चनजङ्घा बैंक्वेट्मा आयोजित एक समारोहमा विद्यालयका प्रिन्सिपल टिकाराम पुरी र विद्यालयका अध्यक्ष विनोद ढकालले माला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षामा भाग लिएका थिए । ति मध्ये ४ जीपीए ल्याउने तीनजना विद्यार्थीसहित शतप्रतिशत उत्तिर्ण भएका छन् । यो नतिजा कोशी प्रदेशकै उत्कृष्ट रहेको कार्यक्रममा चर्चा गरियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंक गौतमले देशभरबाट करिब ४८ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण भएपनि कोशी प्रदेशबाट ५३ प्रतिशत भन्दा बढी उत्तिर्ण भएको चर्चा गर्दै अझ एभरेष्टले ल्याएको सतप्रतिशतको नतिजा प्रदेशकै उत्कृष्ट रहेको बताए। उनले एभरेष्टले शैक्षिक पूर्वाधार र शैक्षिक गुणस्तरवृद्दिका लागि गरेको लगानी प्रशंसनीय रहेको बताए ।

विद्यालयका प्रिन्सिपल पुरीले विद्यार्थीहरुको सफलता शिक्षण संस्थाको व्यवस्थापन, शैक्षिक योजना, गतिशिल प्रशासन तथा नवीनता र विकाससँग जोडिने बताए । उनले आफूले ३१ वर्षदेखि शिक्षा क्षेत्रमा कृयाशील रहँदै हरेक दिन केहि न केहि सिकिरहेको स्मरण गर्दै यहि स्प्रिटलाई एभरेष्टका शिक्षक– शिक्षिकाले पनि आत्मसाथ गरेर अध्यापन गराउँदा सिकाई प्रभावकारी बन्दै गएको बताए।

२०५७ सालदेखि अहिलेसम्म निरन्तर उत्कृष्ट शिक्षण संस्थाको रुपमा एभरेष्टले पहिचान स्थापित गरेको भन्दै उनले गुणस्तरीय शिक्षाका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गरिदिएको बताए। उनले भने,‘गुणस्तरीय शिक्षाको लागि अन्त जानुपर्दैन, विश्वस्तरीय शिक्षा एभरेष्टमै पाइन्छ । एभरेष्टले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अन्तर्राष्टिय स्तरकै भौतिक पूर्वाधारको विकास गरेको तथा दैनन्दिन नयाँ नयाँ प्रयोग गर्दै गइरहेको बताए । उनले युग सुहाउँदो विश्वसँग प्रतिष्पर्धा गर्ने विद्यार्थी उत्पादन गर्ने उद्देश्य बोकेको एभरेष्ट सधैं हरेक विद्यार्थीको उज्वल भविष्य बनाउन प्रयत्नशील छ ।

कार्यक्रममा अभिभावकहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । स्कुल अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रमलाई भाइस प्रिन्सिपल नारायण कडरियाले सञ्चालन गरेका थिए भने उपस्थितहरुका लागि एभरेष्ट कलेजका भाइस प्रिन्सिपल टीएन भण्डारीले स्वागत मन्तव्य राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर