AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलका विद्यार्थीले बनाए ड्रोन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०८०, सोमबार १७:२०
1.43k
Shares
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा आज सफल परीक्षण गरेको हो ।

कक्षा दशमा अध्ययरत रौनक साह, इशान्त यादव, मो. अपताब, सुलभ श्रेष्ठ, सिद्धार्थ चौधरी, सक्षम मण्डल, प्रनिल तिमलसिना, मथक अग्रवाल, रोजिता शिवभत्ती, दिलाशा राजवंशी, कृष्टि पौदार, प्रियंका चौधरी बन्दना ढुंगेल, प्रिती राजवंशी र शिवराज राजवंशीले मिलेर ३ देखि ४ केजीसम्मको सामान बोक्ने ड्रोन बनाएका स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

विद्यार्थीले बनाएको ड्रोन एक सय फिट माथिसम्म उडने शिक्षक विकास रायले बताए । एम्बुनियम धातु, बिएलडीसि मोटर, साइट कन्ट्रोलर उपकरण जडान गरिएको ड्रोनमा ५२ सय एमएचका ब्याट्रि रहेको छ । उक्त ड्रोनले ६ केजीसम्म सामान बोक्न सक्ने उनले बताए । ‘ड्रोनको साहयताबाट किटनासक छर्न र दुर्गम क्षेत्रमा ड्रोनको साहयताबाट औषधीहरु लैजान पनि सकिन्छ,’ शिक्षक रायले भने ।

ड्रोन बनाउन ४८ हजार रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ ।
विद्यार्थीले बनाएको ड्रोन विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल सुवालले विद्यार्थीहरुले गहन अनुसन्धानपछि ड्रोन बनाएको बताए । विद्यार्थीहरुले सिकेको सिप व्यर्वहारमा उतारेको उनले बताए । ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाएको छौं,’ उनले भने ।

कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष केशवलाल सिंह सुवालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै अव प्रविधी र रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर