खबर पूर्वाञ्चल
विद्यार्थीको क्षमता विकास र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
कार्यक्रममा नृत्य, गायन, कवितालगायतका प्रतियोगिताको आयोजना गरिएको थियो । यी प्रतियोगीताहरू लगायत कविता, निबन्ध, हाजिरी जवाफ,बक्तित्वकला प्रतियोगीताहरूको समेत पुरस्कार वितरण गरिएको थियो ।
उद्यम शीलता विकासका लागि विभिन्न स्टलहरू राखिएको थियो । विद्यार्थीहरू आफैँले विभिन्न परिकार वनाएर स्टलमा राखेर बिक्री गरेका थिए । यसैगरी स्टलमा विभिन्न खेलहरू समेत समावेश गरिएको थियो ।
कार्यक्रमको अवसरमा मोरङ हिसानद्वारा आयोजना भएको बतृत्वकला प्रतियोगीतामा प्रथम र चौथो हुने क्रमशः रुपेश विष्ट र निष्ठा बस्नेतलाई सम्मान गरिएको थियो । यसैगरी अन्तर–स्कुल कराँते प्रतियोगीतामा प्रथम हुने ममता महतोलाई समेत सम्मान गरिएको इसिए का–ेअर्डिनेटर देवेश प्रधानले बताए ।
पाँच सय बढीको सहभागी रहेको उक्तकार्यक्रममा प्रिन्सिपल मोहनकुमार श्रेष्ठ, प्रा.डा. दामोदर थापा, प्रा.डा. देबेन्द्र अधिकारी, नविन गौतम र इसिए को–अर्डिनेटर प्रधानले मन्तव्य राखेका थिए ।