सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुन्दरहरैंचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् । उनलाई खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा फेला परेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
विराटनगरका विभिन्न बस्तीमा बाढीपहिरो पसेको छ । बाढीपहिरो बस्तीमा पसेपछि स्थानिय सुरक्षित स्थानतर्फ गएका छन् ।
विराटनगर महानगरपालिका–८ हाटखोलामा सिंघिया खोलाको बाढी पसेपछि २५ घर विस्थापित भएका छन् । वडा नम्बर–२ का २० घरमा पनि बाढी पसेपछि त्यहाँका ३३ जना स्थानीय पनि विस्थापित भएका छन् ।
विराटनगरको ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका घरहरुपनि जलमग्न भएका छन् । उनीहरुलाई प्रहरीले उद्धारकार्य गरिरहेको छ । यस्तै, कटहरी गाउँपालिका भित्र १ सय ३० घर डुवानमा परेको मोरङ प्रहरी प्रवक्ता, डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार कटहरी १ ममा टाइगरटोलमा सिंघिया खोलाको बाढी पस्दा ६० घर डुवानमा पर्दा २ सय ५० जना विस्थापित भएका छन् । यस्तै कटहरी १ मै हनुमानमन्दिर एरियामा सिंघिया खोलाको बाढी पस्दा ४० घर डुवानमा परि १ सय ७० जना बिस्थापित, नारीबिकास एरियाको ३० घर डुवानमा पर्दा एक सय जना बिस्थापित भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
जहदामा १ र २ नं. वडामा राजवंशी चौकमा १२० घर डुवानमा पर्दा ४ सय ५० जना बिस्थापित भएको प्रहरीले जनाएको छ । ‘बुधबारसम्म डुवानमा परेको घरपरिवारको रिपोर्ट प्रराम्भिक हो,’ डिएसपी श्रेष्ठले भने, ‘मोरङका धेरै खोलामा बहाभव बढेको छ । डुवानमा हुने घरको संख्या अझै बढनेछ ।’
बुढीगंगा –२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमै बाढी भएपछि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया