AArya
RUMPUM
animated ellipse animated ellipse

भारतीय नक्कली नोटसहित तीन जना भारतीय नागरिक पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ फाल्गुन २०७८, शुक्रबार १६:१९
162
Shares
विराटनगर / नक्कली नोटसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१३ स्थितबाट भारतिय नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत पुर्णिया थाना चोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता,मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेको १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आज बिराटनगर–१३ नहर चोक स्थितमा सिआरभि जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका उनीहरुको साथबाट ४८ वटा १०० रुपैयाका भारतिय नक्कली नोट बरामद भएको हो । नक्कली नोटसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर