खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज थपिएका ९३०५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको हो । जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन् ।
मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको भएको जनाएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२५२ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ४४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै ३१६४६८ जना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितको करिव ७५ प्रतिशत हो ।