सामाजिक सुरक्षाले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्छ ः कोइराला

खबर पूर्वाञ्चल, ३० बैशाख २०८०, शनिबार १९:०५
90
Shares
विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताएका छन् ।

सुनसरीको इटहरीमा आज नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै नै मजदुर आबद्ध भएकाले उनीहरुको पनि सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए । कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । “संविधानमा हामीले आठवटा क्लष्टरलाई समेटेका छौं,” उहाँले भन्नुभयो, “श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ । तपाईंहरुको सहयोग भएमा आगामी दिनमा पक्कै समेटिनेछ ।”

त्यस्तै कोइरालाले भुटानी शरणार्थी प्रकरणमा राज्यले नै लागेको घटनाले सबै नेपालीको शिर निहुरिएको बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीहरुको हक अधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताए । कार्यक्रममा सुनसरी कांग्रेसका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरे । अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५