RUMPUM
animated ellipse animated ellipse

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न लागि परेको छु : अर्थमन्त्री महत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०८०, बिहीबार १८:४६
90
Shares
विराटनगर / अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताएका छन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बजेट खर्च नहुने समस्या समाधानका लागि आगामी दिनमा बजेट पेस भएकै भोलिपल्टदेखि काम गर्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिए । निजी क्षेत्रमा पारदर्शीताको कमजोरी भएकाले सच्याउनु पर्ने बताउँदै उनले भने, ‘एउटै लक्ष्य प्राप्ति गर्नका लागि हामी लागेका छौं । निजी क्षेत्र र सरकारले गरेका गल्ती कमजोरी सच्याउनु पर्छ ।’

२०४६ सालको आन्दोलनपछि धेरै परिवर्तन भएको बताउँदै उनले जति हुनु पर्ने थियो, त्यति भने नभएको स्वीकार गरे । ‘धेरै काम भएको छ । धैर्यता गर्ने बानी भने हामीसँग छैन । हामीसँग हात हातमा मोबाइल छन् । त्यो देशमा यस्तो भयो, मेरो देशमा किन भएन भएर विरोध गर्ने चलनमात्रै छ । त्यही भएर गफ कम गर्ने र काम धेरै नगरी अहिले हामीलाई सुखै छैन,’ उनले भने ।

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कोही व्यक्तिलाई भन्दा समग्र अर्थतन्त्र र देशलाई फाइदा पुग्ने गरी बजेट ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ब्याजदर तथा अन्य मौद्रिक नीतिका टुल्सले बजारमा पूँजी प्रवाह हुन नसकेको बताउँदै उनले खुकुलो मौद्रिक नीतिमार्फत उद्योग व्यावसायलाई सम्बोधन गरेर बजारमा पूँजीप्रवाह बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर