ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राधाकृष्ण रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गरिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०८१, बिहीबार १७:४८
207
Shares
विराटनगर / श्री कृष्णजन्मष्टमीको भोलिपल्ट भदौ ११ गते राधाकृष्ण मन्दिर विराटनगर–१ बाट निकालिने ९३ औँ संस्करणको राधाकृष्ण रथयात्रामा हेलिकप्टर पुष्पबृष्टि गरिने भएको छ ।

आज राधाकृष्ण रथयात्रा समितिले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नौ किलोमिटर यात्राको क्रममा पुष्पबृष्टि गर्नुका साथै ड्रोन र सिसि टिभिबाट सुरक्षा व्यवस्था कायम गरिने व्यवस्था गरिएको छ ।

पगौडा शैलीमा बनाइएको उक्त रथको लम्वाई २२ फिट, चौडाई १४ र उचाइ १८ फिट रहने छ भने रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठृा(डोरी)लाई पुरुष र महिला भक्तजनहरुलाई तानी रथ सञ्चालन गर्ने परम्परा रहि आएको छ ।

रथको अग्रभागमा विभिन्न धार्मिक, जातजाति,सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजन मण्डलीहरु रहने रथयात्रा समारोहका अध्यक्ष कैशाल रेग्मीले जानकारी दिए । रथयात्रा नगर क्षेत्रका ४३ स्थानमा भक्तजनहरुलाई पूजाअर्चना एवं दर्शन लागि रोक्ने व्यवस्था गरिएको छ ।

उक्त रथयात्रामा मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरि करीव सात लाख भक्तजनहरुको सहभागिता हुने अनुमान आयोजकले गरेको छ ।

विस १९८८ देखि खटयात्रा र विस २०२७ सालबाट रथयात्रा निकालिएको अध्यक्ष रेग्मीले जानकारी दिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अपरान्ध ३ः३० बजे रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर