ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

श्रमलाई बोझ होइन अवसर बनाउनु पर्छ ः शाखा प्रवन्धक पौडेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ जेष्ठ २०७९, आईतवार १८:०१
1.22k
Shares
नेपालमा टोल नै पिच्छे बैंक, वित्तीय संस्था एवं सहकारीहरू खुलेपनि अझै कतिपय आम सर्वसाधारणको पहुँचबाट पर छन् । वित्तीय अनुशासन कायम गरी बैंक जनजनसम्म नपुगे देशमा सोचे जस्तो आर्थिक चलायमान नहुने र तरलता अभाव लगायतका समस्या रहीरहने लामो समयदेखि देखि बैकिङ्ग क्षेत्रमा आवद्व शंकर पौडेलको ठम्याई छ ।

पौडेल आफू कार्यरत क्षेत्रमा मात्र सिमित नभइ नेपाल भरनै जनजनसम्म बैकिंङ्ग पु¥याउन संकल्पित छन् । उनी श्रमलाई दवाव र बोझको रूपमा नलिइ अवसर मानेर सदूपयोग गरी देश निर्माणमा लाग्नु पर्नेमा जोड दिन्छन् ।

नेपालमा निजी बैंकहरू संचालनमा आएको लामो समय खासै भएको छैन । नेपालमा २०६२⁄६३ को जनआन्दोलनको बलमा स्थापना भएको गणतन्त्र पश्चात निजी क्षेत्र व्यापक रूपमा चलायमान बन्न पुगे । अर्थतन्त्रमा दरिलो टेवा पुरययाउने उद्देश्यका साथ नेपालमा निजी क्षेत्रका बैंक, वित्तीय संस्था, सहकारी संस्थाहरु संचालनमा आए । देशलाई आर्थिक रुपमा मजबुत बनाउन र नागरिकको दरिलो गरी आर्थिक स्तरोन्नतीका लागि निजी बैंकहरले कर्जा प्रवाहदेखि लिएर जनजनको निक्षेपसम्ममा आफ्नो पहँच बनाउन सफल भए । तर वित्तीय अनुसाशन कायम गर्नकालागि चुनौती छन भने जोखिमपनि प्रशस्तै छन् ।

बैंकिंङ्ग क्षेत्रमा पारदर्शिता, वित्तीय अनुसाशन कायम तथा तरलता जस्ता मुख्य कार्य हुने गरेका छन् । यसै सिलसिलामा बिगत लामो समयदेखि बैकिङ्ग क्षेत्रमा आवद्व शंकर पौडेल हाल सेन्चुरी कमर्शियल बैक,नेपालगंज शाखामा शाखा प्रबन्धकका रुपमा कार्यरत छन् । भारतको देहरादुन बाट एमबीए र अर्थशास्त्रमा मास्टर्स गरेका पौडेलले इन्टरनेश्नल लिजिङ एण्ड फाइनेन्स कम्पनीबाट बैंकिङ क्षेत्रको अनुभव बटुल्न शुरू गरेका थिए । त्यसपछि पौडेलले माछापुच्छर््े बैंक, जनता बैंकमा समेत काम गरेका पौडेलले वित्तिय क्षेत्रबारे लामै अनुभव हासिल गरेका छन । बैंकिङ क्षेत्र संवेदनशील, चुनौतीपुणर् र जोखिमयुक्क्त क्षेत्र मानिन्छ ।

यो क्षेत्रमा काम गर्ने जनशक्ति पुणर् रूपमा दक्ष हुन अनिवार्य हुन्छ । अझ उच्च ओहदामा बसेर निती नियम निर्माणदेखि लागु गर्नेसम्मका कार्यमा होस पु¥याइएन भने त्यहाँ वित्तीय अनुसाशन कायम गर्न गा¥हो हुन्छ । प्रभावकारी बैंकिङ संचालन, वित्तीय अनुसाशन तथा देशको अर्थतन्त्रलाई अक्षरंश राख्न पौडेल क्रियाशिल छन् । निश्पक्ष रही कार्य सम्पादन गर्ने खुबी भएका पौडेल पारदर्शीता कायम गर्न दृढ संकल्पित छन् ।

विश्व प्रख्यात स्टयान्डर्ड चाटर्ड बैकमा ३ महिना इन्टर्न गरेका पौडेलले बैंकिङ क्षेत्रसँग सम्बन्धित विभिन्न जानकारी हासिल गरेका पौडेललाई फाइनेन्स र मार्केटिङमा विशेषज्ञता हासिल छ । सेञ्चुरी कमर्शियल बैंकमा शाखा प्रबन्धकको रूपमा जिम्मेवारी सम्हालेपछि पौडेलले कारोबारलाई बढाउन तथा जोखिम ब्यावस्थापनमा उल्लेखनीय भुमिका खेलेका छन् । बैकले गर्ने लगानीमा विविधिकरणलाई विशेष रुपमा ध्यान दिई पयर्टनदेखि कृषिसम्ममा सम्भाव्यता अध्ययन गरी ती क्षेत्रको विकासका लागि प्राथमिकताका साथ लगानी वृद्धि गदैै लगेका छन् । पौडेल भन्छन्,‘ बैंक भनेको केवल पैसा झिक्ने र राख्ने ठाउँमात्रै होइन, देशको अर्थतन्त्रको सशक्त मेरूदण्डको रूपमा स्थापित छ । सेञ्चुरीमा आएदेखि बाँके जिल्लाको अर्थतन्त्रलाई सवलीकरणको मार्गमा डो¥याउन र आर्थिक क्षेत्रलाई चलायमान बनाउन मैले पयर्टन देखि उद्योगसम्मको क्षेत्रमा सम्भावनाको खोजी गरी त्यहाँ लगानीलाई प्रोत्साहित गरेको छु ।’

श्रमलाई बोझको रूपमा नलिइ अवसरको रूपमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता राखेका पौडेलले अधिक से अधिक युवाहरू बैंकिङ क्षेत्रमा प्रवेश गरी देशको आर्थिक क्षेत्रलाई सुढृद र संगठित बनाउन योगदान गर्नुपर्नेमा जोड दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर