RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ भरिका अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गर्न कांग्रेसको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०७८, आईतवार १६:१६
1.23k
Shares
विराटनगर / नेपाली कांग्रेस संसदीयदलले प्रदेश १ भरिका निजी तथा सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याउन माग गरेको छ ।

आज विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलले यस्तो माग गरेको हो । दलले सरकारी नितिका कारण संक्रमितहरु अस्पतालै नपुगी ज्यान गुमाउन बाध्य रहेको अवस्थालाई दृष्टिगत गर्दै प्रदेशमा भरपर्दो उपचार व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संसदीयदलका प्रमुख सचेतक केदार कार्कीले सरकारको संवेदनहीनताका कारण प्रदेशमा कोरोना संक्रमणको दर उच्च भएको भन्दै उपचारको यथोचित प्रबन्ध मिलाउनु पर्ने बिषयमा जोड दिएका छन् ।

हाल सरकारले प्रदेशका ६ ठुला अस्पतालहरुमा कोरोना संक्रमितको उपचारको व्यवस्थामिलाएको छ । तर धरानस्थितबिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा सरकारले १५० बेडको झुठो प्रचार गरि ३० मात्र सञ्चालनमा ल्याएको संसदीय दलका प्रमुख सचेतक कार्कीको आरोप छ ।‘बिपी प्रतिष्ठानलाई सरकारले १ सय ५० बेडको कोरोना अस्पताल भनी झुठो प्रचारबाजी ग¥यो’, उनले भने, ‘तर हाल ३० बेड मात्र सञ्चालनमा छ । त्यो पनि भरिएको छ । आम नागरिकले गेटबाटै फर्किनुपर्ने र बाटोमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।’

अहिले प्रदेश सरकारको व्यवस्थापनमा रहेको मेची अस्पताल र कोभिड–१९ उपचार केन्द्र पनि संक्रमितहरुले भरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । दलका अनुसार हाल यी दुई अस्पतालहरुमा आई.सि.यु १ सय ४०, एच.डी.यु ८४, भेन्टिलेटर १०, पि.आई.सि.यु ६ र एन.आई.सि.यु ३ र अक्सिजनसहितको ३ सय ९७ बेडको व्यवस्था छ । तर सरकारले भने अनुसारको शैया, भेन्टिलेटर र आई.सि.यु.हरु पनि पुर्ण क्षमतामा सञ्चालनमा नरहेको दलको दाबी छ ।

सरकारले समयमै आफ्नो दायित्व बोध नगर्दा प्रदेशमा कोरोना संक्रमणले भयावह रुप लिएको दलका प्रमुख सचेतक कार्कीको भनाई छ । प्रदेश १ मा बैशाख १७ गते ३३.३० प्रतिशतमा रहेको कोरोना संक्रमण दर बैशाख २५ गतेसम्म आईपुग्दा वृद्धि भएर ४९.२३ प्रतिशतमा पुग्नु सरकारका लागि लाजको बिषय भएको उनको तर्क छ । सरकार सत्ताको मोलमोलाईमा लागिरहेकै कारण आम नागरिकले उचित उपचारको अभावमा होम आईशोलेसनमै ज्यान गुमाउनु परेको उनको आरोप छ ।

कोरोना महामारीका बेला सरकार निष्क्रिय भएको भन्दै उनले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताएका छन् । कोरोना महामारी सरकारका लागि पैसा कमाउने मेलो भएको उनको दाबी छ । ‘कोरोनाको खोपदेखि औपधीको डोजसम्म कमिशनको खेल भएको छ’, उनले भने, ‘अघिल्लो पटक प्रधानमन्त्रीको संरक्षणमा ओम्नी समुहलगायतले गरेको अपराध यसपटक पुनः केही ठुला व्यापारीहरुले गर्दैछन् ।’

संघीय सरकार अपराधी, तस्कर र बिचौलियाहरुको जालोमा रहेको संसदीयदलको आशङ्का छ । यस्तो अवस्थामा प्रदेश सरकार पनि संघीय सरकारको लाचार छायाँ बनेर बसेको नेपाली कांग्रेस संसदीय दलको आरोप छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर