AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा निस्किएको ५८ औं संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्रा, हजारौं श्रद्धालुको घुइँचो (फोटो फिचर )

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०८२, आईतवार १९:२३
99
Shares
विराटनगरमा निकालिएको ५८ औं संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्रा । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगरमा आज ५८ औं संस्करणको ऐतिहासिक राधाकृष्ण रथयात्रा निस्किएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने यो रथयात्रामा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको छ ।

विराटनगर १ तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ४ बजे सुरु भएको रथयात्राले नगरको करिब ९ किलोमिटरको दुरी परिक्रमा गर्नेछ । रथयात्रा सुरु हुनुअघि नै विभिन्न झाँकी, भजनमण्डली र सांस्कृतिक समूहहरुले सडकमा रौनक बढाएका थिए । यस वर्षको रथयात्रामा अहिलेसम्मकै सबैभन्दा ठूलो रथ प्रयोग गरिएको थियो ।

रथयात्रामा मोरङ, सुनसरीलगायतका कोशी प्रदेश र सीमावर्ती भारतीय राज्य विहारबाट समेत हजारौं श्रद्धालुहरु सहभागी भए छन् । रथयात्रालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन एक हजार प्रहरी परिचालन गरी तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको छ ।

विराटनगरमा राधाकृष्ण रथयात्राको लामो इतिहास रहेको छ । विक्रम संवत् १९८८ मा खटयात्राको रुपमा सुरु भएको यो परम्परा २०२२ सालदेखि बयलगाडामा र २०२५ सालदेखि रथमा निकालिन थालिएको हो । कोभिड महामारीको समयमा भने रथयात्रा रोकिए र खटयात्रा निकालिएको थियो।

यो रथयात्रालाई विराटनगरको सांस्कृतिक पहिचानको रुपमा लिइन्छ । रथयात्राले नगरका विभिन्न चोकहरुको परिक्रमा गरी पुनः मन्दिरमा आएर समापन हुनेछ । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर