AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा स्कुटर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०८२, बुधबार ०८:१४
108
Shares
विराटनगर / विराटनगरमा मंगलबार राति स्कुटर दुर्घटना हुँदा १ जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नम्बर प्लेट बीआर ३८ एम ११७८ नम्बरको स्कुटर दुर्घटनामा परेर भारतीय नागरिक २५ वर्षीय मोहमद राजा मृत्यु भएको छ भने अर्का भारतीय नागरिक घाइते भएका छन् ।

कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित देउराली होटलअगाडि स्कुटर आफैं अनियन्त्रित भएर राति १०ः२० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा चालक भारत अररिया छोटी मस्जिदका राजाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरिक्षक सन्तोष न्यौपानेले बताए ।

उनका अनुसार दुर्घटनामा स्कुटर चालक राजा र पछाडि सवार अररिया छोटी मस्जिद बस्ने २० वर्षीय मोहमद इमरान गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्याउनसाथ राजालाई चिकित्सकले मृत घोषित गरिदिएको जानकारी प्रहरी निरिक्षक न्यौपानेले दिए । घाइते अवस्थाका इमरानको उपचार जारी छ । स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छ ।

प्रहरी निरिक्षक कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर