RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश प्रमुख खापुङ्ग समक्ष मधेशी आयोग पाँचौ वार्षिक प्रतिवेदन हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०८०, मंगलवार १८:२६
63
Shares
विराटनगर / कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गलाई मधेशी आयोगले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन आज वुझाइएको छ ।

आज विराटनगरमा प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ एवं मधेशी आयोग ऐन, २०७४ को दफा २२ वमोजिम आयोगकी सदस्य रेनुदेवी साहले वार्षिक सम्पादन गरेको कार्यको पाँचौ वार्षिक प्रतिवेदन वुझाएकी हुन् ।

प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै आयोगले पहिचान गरेका समस्या हामी सबैको साझा समस्या भएकोले यसको समाधान गर्नु हामीसबैको जिम्मेवारी रहेको बताए । उनले मुलुक सबैको साझा भएकोले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकतावद्ध बनाउनु लाग्नु पर्नेमा जोड दिए ।

प्रमुख खापुङ्गले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकोले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिवीच एकतालाई बलियो बनाउनु आवश्यक्ता रहेका बताए ।

आयोगकी सदस्य साहले प्रतिवेदन पेश गर्दै १६ जिल्लाका मधेशीहरुको हकहित,धर्म, संस्कृति र न्यायको लागि कार्य गरेको बताउदै आयोगमा परेका चार सय उजुरीमध्ये महिलाको दाइजो सम्बन्धि धेरै रहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर