AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वीपीमा तीन जना कोरोना संक्रमितको मृत्यु, प्रदेश १ मा मृत्यु हुनेको संख्या १ सय पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०७७, आईतवार १०:०१
549
Shares
विराटनगर / सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या १ सय पुगेको छ । प्रदेश १ बाहरिको १५ र प्रदेश १ मा ८५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जाकारी दिए । मृत्यु भएकामध्ये दुई जना सुनसरी र एक जना धनकुटाको रहेको उनले बताए ।
कोरोना देखिएपछि प्रतिष्ठानमा उपचाररत धरान ८ का ६२ बर्षीय महिला, दुहबी नगरपालिकाका ६५ बर्षीय पुरुष र धनकुटाका ६१ बर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो । योसंगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

धरान–८ की ६२ वर्षीया वृद्धा महिलाको शनिबार राति ८ बजे मृत्यु भएको उनले बताए । उपचारका लागि प्रतिष्ठानमै भर्ना भएकी महिलामा असोज २१ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै सनुसरीको दुहवीका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आज बिहान ३ः५० बजे मृत्यु भएको डा. श्रेष्ठको भनाइ छ । प्रतिष्ठानमा उपचाररत अवस्थामा असोज १५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा आज बिहान ६ः४० बजेतिर मृत्यु भएको जानकारी डा. श्रेष्ठले दिए । मधुमेहको पुरानै समस्या रहेकी वृद्धालाई थप उपचारका लागि जिल्ला अस्पताल धनकुटाले असोज १६ गते रेफर गरेर प्रतिष्ठान पठाएको हो ।
पीसीआर परीक्षण गर्दा असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो । मृतक तीनै जनाको शवको व्यवस्थापन नियम अनुसार हुने डा. श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर