खबर पूर्वाञ्चल
युरोपमा छरिएर रहेका नेपालीहरूलाई खेलकुदका माध्यमबाट एकत्रित गर्ने लक्ष्यका साथ खेलकुद संघ गठन गरिएको अध्यक्ष घमालले बताए । संघको उपाध्यक्षमा डिआर नेपाल, महासचिवमा यम मानन्धर र कोषाध्यक्षमा कृशना विक छन् । संघको कार्यसमितिमा सदस्यहरू पछि थपिने घमालले जानकारी दिए । युरोपका सबै मुलुकको प्रतिनिधित्व हुनेगरी समितिलाई पूर्णता दिने तयारी रहेको उनले सुनाए ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ चाँडै नै खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको नवगठित समितिका अध्यक्ष घमालले बताए । “हाम्रो उद्देश्य भनेको युरोपमा रहेका सबै नेपालीलाई खेलकुदका माध्यमबाट भावनात्मक रुपमा जोड्ने हो,” उनले थपे, “खेलकुदले मात्रै सबै जातजाति, भाषाभाषी, लिङ्ग, धर्म र सम्प्रदायलाई जोड्छ ।” संघमा कुनै राजनीतिक विचारलाई घुस्न नदिने अध्यक्ष घमालले प्रतिबद्धता जनाए । “हाम्रो टिममा सबैजना शुद्ध मनका साथ केही गरौं भन्ने हुनुहुन्छ,” उनले भने, “भर्खरै संघ गठन भएको छ । योजना त धेरै नै छन् हेरौं कतिसम्म पूरा गर्न सकिन्छ ।” शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको उनको विचार छ । नागरिक स्वस्थ भएमात्रै समृद्ध मुलुक निर्माण हुने घमालले बताए ।
तपाईको प्रतिक्रिया