विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताएका छन् ।
आज विराटनगरमा राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित प्रदेश १ स्तरीय दुई दिन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । उनले विगतको कमी कमजोरी हटाई आगामी निर्वाचनमा अध्याधिक स्थानमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिए ।
अध्यक्ष लिङदेनले पार्टीको जनमत वृद्धि गर्न ७५३ स्थानीय पालिकामा संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै निर्वाचनमा पार्टीलाइ परिवर्तनको संवाहकको रुपमा जनतालाई विश्वास दिलाउन आग्रह समेत गरे ।अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूचि जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरी अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताए ।
प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १४ जिल्लाका अध्यक्ष,संसदीय क्षेत्र, प्रदेश सभा सदस्य क्षेत्र, महिला गरी २०० जनाको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया