मकैबारीमा मृत अवस्थामा भेटिएकी सरीताको हत्याको आरोपमा उनकै प्रेमी डेढ महिनापछि पक्राउ

खबर पूर्वाञ्चल, ३ असार २०७८, बिहीबार १६:२४

विराटनगर / मकैबारीमा मृत अवस्थामा महिलाको शव भेटिएको डेढ महिनापछि प्रहरीले हत्या आरोपीलाई पक्राउ गरेको छ ।

मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीय सरीता सोरेनको हत्या आरोपमा उनका प्रेमी मोरङको रतुवामाइ नगरपालिका–६ का ३० वर्षीय सुफल हस्तालाई प्रहरी पक्राउ गरेको हो ।

घटनापछि फरार रहेका सुफललाई मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले सरीताको हत्या भएको ४५ दिनपछि प्रेमी हस्तालाई महेन्द्रनगरको कञ्चनपुरबाट बुधबार साँझ पक्राउ गरेर मोरङ ल्याएको हो ।
हस्ताको सरीता प्रेमीका रहेको खुलेको छ । ‘यस घटनामा अहिले अनुसन्धान भइरहेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘अहिले एक जना नियन्त्रणमा रहेका छन् । थप अनुसन्धानपछि घटनाको विषय सार्वजनिक गर्नेछौं ।’

सरीताको १९ वैशाख आइतबार बिहान ९ बजे रतुवामाई नगरपालिका–४ भद्र चोकस्थित शव रामप्रसाद भण्डारीको मकैबारीमा अर्धनग्न अवस्थामा मृत अवस्थमा शव भेटिएको थियो । मृतक अवस्थामा भेटिएको सरीताको पहिचान त्यसबेला दुई दिनपछि खुलेको थियो ।

सरिता विवाहित महिला हुन् । उनको एक छोरा छन् । केही वर्ष अगाडि उनको श्रीमानको मृत्यु भएको थियो । पक्राउ परेका हस्ता पनि विवाहित हुन् । छ महिनादेखि सरीता र सुफल प्रेम सम्बन्धनमा रहेका खुलेको छ । सरीताले विवाह गर्न दबाव दिएको कारणले सुफलले हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ,’ घटनामा संलग्न एक प्रहरी अधिकारीले भने । पक्राउ परेका सफुल ट्याक्टर चालक हुन् ।

बिहेमा जाने भन्दै वैशाख १७ गते घरबाट हिँडेकी सरिता प्रेमी सुफललाई भेट्न रतुवामाई पुगेकी थिइन् । प्रहरीका अनुसार दुई जनाको भेट भएपछि बिहे गरेर घरमै लैजानुभन्दै सरिताले कर गरेर दबाब दिएकी थिइन् । बिहेको प्रस्तावलाई अस्वीकार गरेका सुफलले कुटपिट गरेर र घाँटी थिचेर सरिताको हत्या गरेको खुलेको छ । प्रहरीका अनुसार सुफलका दुई श्रीमती घरमा छन् । पतिको मृत्युपछि एकल जीवन बिताइरहेकी सरितासँगको प्रेम सम्बन्धमा थिए ।

घरबाट बिहेमा जान भन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव रतुवामाई–६ स्थित मकैबारीमा बीभत्स अवस्थामा फेला परेको थियो ।
प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट आज म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । हत्यापछि फरार रहेका सुफल भारत गएर उतै बस्ने योजनामा रहेको पाइएको डिएसपी राईले बताए । तर प्रहरीले पक्राउ गरेका कारण उनको भारत जाने योजना भने सफल भएन ।

विगत छ महिनादेखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरिताले दबाब दिन थालेपछि दुई जनाबीच वादविवाद बढेर घटना भएको देखिएको डिएपी राईले बताए । तीन वर्षअघि सरिताका पतिको नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार चिनजानका साथी रहेका सरिताका पति र सुफल दुवै जना ट्याक्टर चलाउँथे ।

पतिको मृत्यु भएपछि सुफल प्रेमको नाटक गर्दै सरितासँग नजिकिएको पाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा सुफलका दुई पत्नी र तीन सन्तान रहेको खुलेको छ ।
तीन महिनादेखि उर्लाबारी–१ होक्लाबारीका स्थानीय योगेन्द्र थापाको गाई फार्ममा सरीता काम गर्दै आएकी थिइन् । १८ वैशाखमा उनी त्यहाँबाट गाउँमा विवाह छ भनेर हिंडेकी थिइन् । तर, १९ वैशाखमा रतुवामाई नगरपालिका–४ भद्र चोकस्थित मकैबारीमा अर्धनग्न अवस्थामा शव भेटिएको थियो । घरदेखिको घटनास्थल करिब ४० किलोमिटर टाढा हो ।

सरीतालाई प्रेमी सुफललले फोन गरेर रतुवामाइमा भेट्न बोलाएका थिए । केरौनदेखि सरीता सार्वजानिक यातायत चढेर सुफललाई भेट्न गइन् । रतुवामाइमा भेटघाट भएपछि उनीहरू स्थानीय होटलमा खानपिन गरेपछि गफिन भन्दै स्थानीय भद्रकालिन चौकस्थित मकैबारीमा लगे । लामोसमय प्रेम सम्बन्धनमा रहेकाले सरीताले सुफललाई बिवाह गर्न दबाव दिइन् । यतिकै भनाभन भएपछि रिसको आवेगमा आएर सुफलले हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिृकतको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५