नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजनामा अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु

खबर पूर्वाञ्चल, ३१ असार २०७९, शुक्रबार १८:०१
144
Shares
इलाम / नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजना तथा इलाम जिल्ला क्रिकेट संघको व्यवस्थापनमा आजदेखि इलाममा तीन दिने ओ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु भएको छ ।

कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट महिला तथा पुरुष प्रशिक्षार्थी हरुले सहभागिता जनाएका छन । कार्यक्रम तिन दिनसम्म चल्ने नेकोस राष्ट्रिय क्रिकेट संघका सह सचिब चेतनाथ पौडेलले बताए ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा सुरु भएको कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गरेका थिए । सो अवसरमा मेयर थापाले जिल्लामै पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेकोस राष्ट्रिय क्रिकेट संघलाई धन्यबाद दिए । साथै उनले इलाममा विसं २०४२( ४३ तिर क्रिकेट भित्रिए पनि यो खेलको विकास विस्तार हुन नसकेको अवस्थामा यो कार्यक्रमले जिल्लामा क्रिकेट गतिबिधिहरु बढने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष बिप्लभ घोषले नेपालको मेचीदेखि महाकालीसम्म क्रिकेटमय बनाउने अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । उनले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडी बढाउने बताए ।

नेकोस राष्ट्रिय क्रिकेट संघको मुल उदेश्यनै ग्रासरुट क्रिकेटलाई माथी उठाउने तथा विभिन्न जिल्लाहरुमा क्रिकेट गतिबिधिहरु संचालन गर्ने अध्यक्ष घोषले बताए । उनका अनुसार नेपालमा महिला क्रिकेटको सम्भावना भएपनि महिला क्रिकेट प्रतियोगिताहरु कम आयोजना भएको हुँदा निकट भविष्यमै नेकोस राष्ट्रिय क्रिकेट संघले महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने बताए । उनले कार्यक्रममा सहभागी महिला तथा पुरुष प्रशिक्षार्थीहरुलाई शुभकामना दिदै क्रिकेटमा पनि भविष्य रहेको र सबैले आ आफ्नो क्षेत्रबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा आइसीसी प्यालनका अम्पायर बुद्धीबहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेका यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर र स्कोर पाउने आशा ब्यक्त गरे । उनले यस्ता कार्यक्रमहरु देशका विभिन्न ठाँउमा आयोजना हुनुपर्नेमा जोड दिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटबाट पाएको अनुभवहरु यो कार्यक्रममा साझा गर्न पाउदा गर्व लागेको उनले बताए ।

तालिमलाई आईसीसी प्यानल अम्पायर प्रधानसहित लेभल टु अम्पायर कमलेश ठाकुरले सहजिकरण गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५