प्रदेश १ मा १२० जनामा संक्रमण पुष्टि हुँदा १६५ जना संक्रमणमुक्त, ९ जनाको संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, २ कार्तिक २०७८, मंगलवार १६:१५

विराटनगर /पछिल्लो २४ घण्टामा प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा ५, संखुवासभामा २, पाँचथर, ओखलढुङ्गा, तेहृथुम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा ११, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ५–५, गौरादहमा ३, भद्रपुर र मेचीनगरमा २–२, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा २०, कटहरीमा ३, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा २–२, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जना संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ८, इटहरीमा ४, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा ४ र चुलाचुलीमा १, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेहृथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८९ महिला र ७६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५