ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा नागेश र शिल्पाको अग्रता फराकिलो हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०७९, आईतवार २०:३२
1.73k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको प्रमुख पदमा विपक्षी भन्दा नागेश कोइरालाले ९ सय २१ मत अन्तरले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार १०५२५ मत गन्दो कोइरालाले ३२७८ मत ल्याए भने एमालेका सागरकुमार थापाले २३४७ मत ल्याए । त्यस्तै स्वतन्त्रका उमेश यादवले ११७९ मत ल्याउँदा राप्रपाका प्रल्हाद साह ६२४ मत ल्याइ चौथो स्थानमा रहेका छन् ।

प्रमुख पदमा गठबन्धनका उम्मेद्वार कोइरालाको मतअन्तर बढ्दै जाँदा उपप्रमुखमा भने एमालेकी उम्मेदवार शिल्पा कार्कीले पनि मतअन्तर बढाउँदै लगेकी छिन् । उनले ९०७ मत अन्तरले अग्रता लिएकी छिन् ।

कार्कीले २७०६ मत ल्याउँदा गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले १७९९ मत ल्याए । राप्रपाकी विन्दाकुमारी लुइटेल –आचार्य) ले ७७३ मात तथा स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले ६९७ मत ल्याइ चौथो स्थानमा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर