RUMPUM
animated ellipse animated ellipse

मानव सेवा आश्रममा आस्रित परिवारलाई न्यानो कपडा वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०८०, बुधबार १७:११
117
Shares
विराटनगर / नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा मोरङको विराटनगर महानगरपालिका १० स्थित रहेको मानवसेवा आश्रममा आस्रित परिवारहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा आज भएको न्यानो कपडा वितरण कार्यक्रममा आश्रममा रहेका ६० जना महिला तथा बृद्धाहरु र १० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले जाडो मौसमलाई लक्षित गरी आश्रममा आस्रित परिवारलाई न्यानो कपडा वितरण गरेको हो।

कार्यक्रममा अध्यक्ष बास्तोलाले आस्रित महिलाहरुसंग मनोभावना समेत साटासाट गरे। सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मानव सेवा सम्वन्धि विभिन्न परोपकारी कार्यहरु निरन्तररुपमा संचालन गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर