फोकस नेपालद्वारा विराटनगरका शिक्षादिप, अरनिको र मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मानबाट सम्मानित

खबर पूर्वाञ्चल, २९ असार २०७९, बुधबार १७:४१
882
Shares
विराटनगर/ फोकस नेपाल संस्थाले विराटनगरमा तीन कलेजलाई शिक्षा सेवा सम्मान २०७९ बाट सम्मान गरेको छ ।

सम्मानित हुनेमा विराटनगर–१० मा रहेको अरनिको कलेज, विराटनगर–९ मा रहेको शिक्षादिप कलेज र विराटनगर–७ मा रहेको मेरिल्याण्ड कलेजलाई आज काठमाण्डोमा एक कार्यक्रम गरि शिक्षा सेवा सम्मान २०७९बाट सम्मान गरिएको हो । सम्मानित हुने तीनै कलेजलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले हुन् ।

शिक्षादिपका तर्फबाट कलेजका को-अर्डिनेटर शंकर भट्टराई,अरनिकोका तर्फ कलेजका प्रिन्सिपल राजेश कार्की र मेरिल्याण्डका तर्फ प्रिन्सिपल लक्षमण ढकालले सम्मान ग्रहण गरेका थिए ।यस सम्मानले विराटनगर प्रदेश १ को राजधानी मात्र नभइ शिक्षाको पनि राजधानी भएको हिसान प्रदेश १ का अध्यक्ष ज्ञानबहादुर खडकाले बताए ।

यस सम्मानले अव विराटनगर शैक्षिक हव भएको उनले बताए । अव प्रदेश १ का सवै कलेजलाई देशभरिको उत्कृष्ट कलेज बनाउँने अभियानमा लाग्ने खडकाले बताए ।

कार्यक्रममा बोल्दै खनालले शिक्षा देशको मेरुदण्ड भएको र गुणस्तरीय शिक्षामा अनवरत प्रतिवद्व भई नेपाल सरकारको “सबैलाई शिक्षा” भन्ने नारा सफल बनाउन सम्मानित हुने सवैलाई आग्रग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५