पोखरेल र भट्टराईको मुक्तक सङ्ग्रह विमोचन

खबर पूर्वाञ्चल, २७ कार्तिक २०७८, शनिबार १७:३९

विराटनगर / मुक्तककार बाबुराम पोखरेल र राधा भट्टराईको मुक्तकसङ्ग्रह विमोचन गरिएको छ ।

नेपाल मुक्तक प्रतिष्ठान प्रदेश–१ शाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको ‘गोलढुंगो’ र भट्टराईको ‘उपासना’ मुक्तक सङ्ग्रहको विमोचन गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कानेलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

प्रतिष्ठानका केन्द्रीय महासचिव रमेश पौडेल, प्राज्ञ दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, साहित्यकार बलराम पोखरेल, मुक्तक प्रतिष्ठान वेलायत शाखाका सल्लाहकार डा. रुपक श्रेष्ठलगायतले वर्तमान मुक्तकको प्रवृत्ति र शैलीका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

विमोचित मुक्तकसङ्ग्रह ‘गोलढुंगो’का बारेमा समालोचक भूषण ढुंगेल, ‘उपासना’का बारेमा रामजी तिम्सिनाले समीक्षा गरे । साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ले ‘गोलढुंगो’ सङ्ग्रहभित्रका केही मुक्तक वाचन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५