ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एक सय पचास केजी गाँजा बोकेको गाडी सहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ असार २०७८, मंगलवार १३:००
1.3k
Shares
सुनसरी / सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चतराबाट आईरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा १५० केजी, र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोलसहित फेला परेको थियो ।

प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर