animated ellipse animated ellipse

लायन्सका सदस्यदेखि गभर्नरसम्म विराटनगरका विकास अधिकारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ बैशाख २०८१, आईतवार १९:३६
180
Shares
विराटनगर / विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी का गर्भनरमा निर्वाचित भएका छन् ।

अधिकारी आगामी बर्ष सन् २०२४/ २०२५ का लागि डिस्ट्रीक गभर्नरमा शनिबार निर्वाचित भएका हुन् । विराटनगरमा शनिबार भएको डिस्ट्रीक कन्भेन्सनबाट अधिकारी गभर्नरमा निर्वाचित भएका छन् । उनी यसअघि लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सीका प्रथम भाइस गभर्नर रहेका थिए । गर्भनरमा निर्वाचित हुनुभन्दा अगाडी अधिकारी इलेक्ट डिस्ट्रीक गभर्नरको पाँच दिने तालिममा अमेरिका पुगेर आएका थिए ।

नवनिर्वाचित गर्भनर अधिकारीले आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन र समुदाय संघ जोडीएर लायन्सले काम गर्ने बताए । योजनाबद्ध तरिकाले सामाजिक क्षेत्रमा काम गरेर लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी लाई एउटा उचाइमा पुर्याउने योजना रहेको उनले सुनाए । ‘ आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन हुनेछ र समुदाय संघ जोडीएर लायन्सले सामाजिक काम गर्ने योजना रहेको छ,’ उनले भने, ‘आफ्नो कार्यकालभरी सामाजिक कार्यमा सक्रिय भएर लागि पर्नेछु ।’ अधिकारी स्वास्थ्य र शिक्षा क्षेत्रका स्थापित युवा व्यवसायी हुन् । व्यवसायसँगै उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् ।

कहिले के – के भए विकास ?

विराटनगर ४ कन्चनबारी निवासरी ४२ वर्षीय  अधिकारीको जन्म २०३९ वैशाख १ गते भएको हो । हेल्थ केयर म्यानेजमेन्टमा स्नातकोत्तर गरेका अधिकारी सन् २०११ बाट लायन्समा सहभागि भए । उनले विराटगनर ग्रिनसिटीबाट सदस्य लिएर सन् २०१३ मा सचिब भए । त्यसपछि उनले लायन्स क्लब अफ विराटनगर मोरङ स्थापन गरे । उनी उक्त क्लबको संस्थापक अध्यक्ष पनि हुन् । २०१५ मा डिष्ट्रिय चेयरपर्सन हुँदै  जोन चियरपर्सन, एरिया कोअर्डिनेटर, ट्रनिग पुलचिफ, क्याविनेट सेक्रेटरी, भिजनचिफ हुँदै सन् २०२२ मा सेकेन्ड भाइस डिष्ट्रक गभर्नर सम्म भएका थिए ।

उनी अन्य विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध रहेका छन् । फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका संस्था सदस्य, एलाइड साइन्स ईनिष्टच्युसनल एसोशिएसन (एशिया) महासचिब, पूर्वाञ्चल विश्वविद्यालय फ्याकल्टी बोर्ड सदस्य, उद्योग परिसंघ कोशी प्रदेशका संस्थापक सदस्य समेत रहेका छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय पदकबाट पनि सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर