खबर पूर्वाञ्चल
प्रहरीले विराटनगर –१२ रोडशेस चोकबाट गए राती मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
भन्सार कार्यालयबाट जाँच पास भएर निस्किएकोे भारतीय नम्बर प्लेटको बिआर ७ के १७२४ नं. ट्याक्टरमा विभिन्न किसिमका मोटर पार्टस र ट्याक्टर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर र सामानको मूल्य ३७ लाख बराबरको रहेको छ । ३३ लाखको सामान र ४ लाखको ट्याक्टर मुल्याकन गरी प्रहरीले राजस्व कार्यालय पढाएको छ । ३३ लाखको सामान र ४ लाखको ट्याक्टर मुल््याकन गरी प्रहरीले राजस्व कार्यालय पढाएको छ ।
प्रहरीले ट्याक्टर चालक भारत जिल्ला अरअरिया बस्ने २४ वर्षीय तलुवा मुर्मीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको ट्याक्टर, सामान र चालकलाई थप अनुसन्धानको लागि राजस्व कार्यालय इटहरी पठाएको मोरङ प्रहरीले जनाएको छ ।