पूर्वाञ्चल खबर
बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस भनेर बुधबारे जेसीजले आज २५ हजार रुपैँया सहयोग गरेको हो ।
सो रकम बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरिएको रकम हस्तान्तरण कार्यक्रमका संयोजक समेत रहेका बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष भुजेलले कोरोना संकटका बेला बुधबारे जेसीजले खेलेको भूमिका र गरेको सहयोगको प्रशंसा गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष सेमन्त पोखरेल, रमेश बराल, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, उपाध्यक्ष अनिल घिमिरे लगायतको उपस्थिति रहेको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् ।
बुधबारे जेसीजले हिजो कोरोना परीक्षणकालाई एन्टिजन टेष्ट किट गाउँपालिकालाई प्रदान गरेको थियो भने कोरोना नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।