अनाधिकृत ग्यास सिलिण्डर कारोबार गर्दै आएका विराटनगरका व्यापारी सेठिया पक्राउ

खबर पूर्वाञ्चल, २ फाल्गुन २०७७, आईतवार १८:५८

विराटनगर / अनाधिकृत रुपमा ग्यासको कारोबारमा संलग्न एकजना विराटनगरका एक व्यापारी पक्राउ परेका छन् । सेवाग्राहीलाई बेच्न राखिएका सिलिण्डरसहित विराटनगर – ९ भट्टीमोडचौकस्थित सिद्धार्थ टेड्रर्सका सञ्चालक महेन्द्र सेठियालाई प्रहरीले आज पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रहरी निरिक्षक पप्पु नायकको नेतृत्वमा गएको प्रहरी टोलीले छापा हानेर सेठियाको पसल र गोदामदेखि ठूलो परिमाणमा बिक्रीको लागि राखिएको ग्यास सिलिण्ड समेत बरामद गरेको छ । पक्राउ परेका सेढिया विराटनगरमा सबैभन्दा ठूलो ग्यास चुलोको होलसेल पसल सञ्चालन गर्ने व्यापारी हन् ।सेठियाले २ वटा कम्पनीका मात्र ग्यासका सिलिण्डर बेच्न पाउने अनुमति लिएका छन् । तर, उनले अन्य विभिन्न कम्पनीका सिलीण्डरहरु पनि अनाधिकृत रुपमा बेचेको पाइएपछि प्रहरीले छापामा मारेको हो ।
सेठियाले अहिलेसम्म मनोज र पराजुली कम्पनीको मात्र बेच्न पाउने अनुमति लिएका हुन् । पश्चिम पर्सा जिल्लामा रहेको मनोज ग्यास उद्योग प्रालिको स्वीकृत लिएर सञ्चालक सेठियाले लामो समयदेखि अनाधिकृत रूपमा मोरङ र झापाका आधा दर्जन कम्पनीको ग्यास विक्री वितरण गर्दै आएका थिए ।

विराटनगरमा आउन पाँच वर्षदेखि बन्द भएको मनोज ग्यास उद्योगको स्वीकृत लिएर अनाधिकृत रुपमा सेठियाले कोशी, मेची, सुविधा, रिजाल, प्रिज्मा, भेरीलगायतको ग्यास सिलिण्डर बिक्री वितरण गरेको पाइएको हो । प्रहरीले छापा हानेर सेठियाको डिर्लसबाट कोशी ग्यासको ३५ थान, प्रिज्माको १५ थान, मेची २, सुविधाको २, पाथिभराको २, रिजाल, भेरीको १/१ थान ग्यास सिलेण्डर बरामद गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

बरामद गरेको ग्यास सिलिण्डर र सञ्चालक सेठियालाई प्रहरीले पक्राउ गरि मोरङ प्रहरी कार्यालयमा राखेको छ । प्रहरीले कालोबजारी ऐन अन्र्तगत कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५