खबर पूर्वाञ्चल
एमाले केन्द्रीय सदस्यको खुल्लाबाट जीवन घिमिरेले उम्मेदवारी दिनु भएको छ । ९ औं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा तत्कालिन कोशी इन्चार्ज हुनु भएका घिमिरे पार्टी भित्र गतिशिल नेताका रुपमा परिचित छन् ।
घिमिरेको राजनीतिक यात्रा
२०१८ सालमा खोटाङमा जन्मिएका नेता घिमिरे १८ वर्षकै उमेरदेखि राजनीतिमा लागेका हुन् । विस २०३६ जन आदर्श विद्यालय झापा शिवगञ्जमा कक्षा ८ मा अध्ययनका क्रममा प्रारम्भिक कमिटीको नेतृत्व गर्दै उनले विद्यार्थी राजनीति शुरु गरे । तत्कालिन अवस्थामा मण्डलेहरुको जगजगी भएको अवस्थामा जोखिम मोलेर विद्यार्थी संगठनको नेतृत्व गरेका उनका समकालिनहरु सम्झन्छन् ।
विसं २०३७ सालाको पाटा आन्दोलनमा पक्राउ परि २ महिना जेल जीवन विताएका नेता घिमिरेलेलाई २०४१ सालमा राजकाजको मुद्धामा सर्वस्वसहित जन्मकैदको फैसला गरिएको थियो । नेता घिमिरेले विस २०४३ सालमा पार्टी सदस्यता लिए। त्यो समयमा पार्टी सदस्यता सजिलै पाइदैनथ्यो । तत्कालिन पार्टी महासचिव मदन भण्डारीको छत्रछायाँमा रहेर उनले राजनीतिलाई अघि बढाए । अनेरास्ववियु संगठन विभाग प्रमुख, तत्कालिन प्ररायुसंघ केन्द्रीय उपाध्यक्ष, २१ वर्ष मोरङ जिल्लामा रहका उनी त्यसपछि अञ्चल कमिटी सदस्य, अञ्चल सचिव हुँदै नवौ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य तथा पार्टी प्रशिक्षण विभाग प्रमुख तथा तत्कालिन कोशी इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन्।
समन्वयकारी नेता
नेता घिमिरेलाई समन्वयकारी नेताका रुपमा चिनिन्छ । उनी हरेक कार्य गर्नुअघि समन्वय गरेर गर्ने गर्ने गर्दछन् । २०४६ सालको जनआन्दोलनमा मोरङबाट बाम मोर्चाको नेतृत्व गरेका नेता घिमिरेले तत्कालिन अवस्थामा काँग्रेसले एमालेलाई देख्न नसक्ने र एमालेले काँग्रेसलाई देख्न नसक्ने अवस्थामा दुवैलाई मिलाएर समन्वय गरेर आन्दोलनलाई सफल पारेको तत्कालिन नेताहरु सम्झन्छन् ।
सफल मन्त्री
२०३६ सालदेखि राजनीति गरेका घिमिरेले ३८ वर्षपछि लाभको पद प्राप्त गरे । २०७४ मा नेता घिमिरे प्रदेश सांसदमा निर्वाचित भए पछि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिम्मेवारी पाए। करिव ३ वर्ष उनले सो मन्त्रालयको जिम्मेवारी सम्हाले । ३ वर्षमा मन्त्रालयलाई गतिदिन र प्रदेशका अन्य मन्त्रालयको तुलनामा उत्कृष्ठ कार्य गर्नेमा उनी परिचित भए।
९ वटा कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयका हरेक क्षेत्रलाई चलायमान बनाउन नेता घिमिरे सफल समेत भए। उनी मन्त्री भएकै समयमा देशव्यापी फैलिएको कोरोना संक्रमणको नियन्त्रणमा उल्लेखनिय भूमिका निर्वाह गरे । जुन कार्यको आम प्रदेशवासीले अहिले पनि उनको कार्यलाई सम्झने गरेका छन् ।
कोरोना अस्पताल, आईसोलेसन सेन्टर, कोरोना परीक्षण लगायतको काममा उनी ७ प्रदेश मध्येकै उत्कृष्ट मन्त्रीका रुपमा पर्न सफल भए। जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्नेमा नेता घिमिरे पर्छन्। उनी जत्तिको व्यक्ति केन्द्रीय कमिटीमा आउनु पर्ने आम पार्टी नेता कार्यकर्ता बताउँछन् ।