श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

खबर पूर्वाञ्चल, ४ श्रावण २०७८, सोमबार १७:५९

झापा / श्रीमती हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ रंगेली–९ सखुवाथान घर भई झापा गौरादह–१ सितल चौक बस्दै आएका ३९ बर्षीय सजिलाल रिख्यासन रहेको प्रहरीले जनाएको छ । सजिलाल असार ३१ गते आफ्नै आफ्नै ३४ बर्षीया श्रीमती संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरी हत्या गरेर फरार रहेका थिए । फरार रहेका सजिलाललाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका सजिलाल उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारवाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५